ख्रीष्टियान अनुवाद
   
   
                     विश्वासको सार

बाइबल
पुरानो र नयाँ करार भएको, प्रेरणाले लेखिएको, सिद्ध र परमेश्वरको वचनको अधिकार बाइबल हो भनेर हामी विश्वास गर्छौं (मत्ती ५:१८, २ तिमोथी ३:१६–१७) । वास्तविक लेखोटहरूमा कुनै पनि भुल नभएको, परमेश्वरको सास र पूर्ण र विश्वास र अभ्यासको लागि अधिकार भनी हामीले विश्वासमा बाइबललार्इ उचाल्छौं (२ तिमोथी ३:१६–१७) । मानिस लेखकको व्यक्तिगत लेखनशैली प्रयोग भएको भए पनि पवित्र आत्माले बिना कुनै गल्ती वा बिना कुनै कुरा छोडी उहाँले चाहनुभएको कुरा ठीक तरिकाले लेख्न उनीहरूलार्इ पूर्णरूपमा लेख्न निश्चय गर्नुभएको थियो (२ पत्रुस १:२१) ।

परमेश्वर

हामी एक मात्र परमेश्वरमाथि विश्वास गर्छौं, जसले सबै कुराको सृष्टि गर्नुभयो (व्यवस्था ६:४, कलस्सी १:१६), जसले आफैंलार्इ तीन भिन्न व्यक्तिको रूपमा प्रकट गर्नुभयो (पिता, पुत्र र पवित्र आत्मा (२ कोरिन्थी १३:१४), जो अझै पनि वास्तविक र महिमित हुनुहुन्छ (यूहन्ना १०:३०) । परमेश्वर अनन्तको (भजनसंग्रह ९०:२), अपार (१ तिमोथी १:१७) र सर्वोच्च (भजनसंग्रह ९३:१) हुनुहुन्छ । परमेश्वर सर्वज्ञानी (भजनसंग्रह १३९:१(६), सर्वव्यापी (भजनसंग्रह १३९:७–१३) र सर्वशक्तिमान (प्रकाश १९:६) र अपरिवर्तनशील (मलाकी ३:६) हुनुहुन्छ । परमेश्वर पवित्र (यशैया ६:३), एक मात्र (व्यवस्था ३२:४) र धार्मिक (प्रस्थान ९:२७) हुनुहुन्छ । परमेश्वर प्रेम (१ यूहन्ना ४:८), अनुग्रही (एफिसी २:८), कृपालु (१ पत्रुस १:३) र असल (रोमी ८:२८) हुनुहुन्छ ।

येशू ख्रीष्ट
प्रभु येशू ख्रीष्टको र्इश्वरत्वमा हामी विश्वास गर्छौं । उहाँ अवतारित परमेश्वर, परमेश्वरले मानव चोलामा पिताको स्वरूप प्रकट गर्नुभएको छ, जो बिना कुनै रोकावट परमेश्वर हुनुहुन्छ, परमेश्वर को हुनुहुन्छ र मानव जातिको लागि उद्धारको अर्थ उपलब्ध गराएर प्रदर्शन गर्नको लागि उहाँ मानिस बन्नुभयो (मत्ती १:२१, यूहन्ना १:१८, कलस्सी १:१५) । येशू ख्रीष्ट पवित्र आत्माले गर्भाधारण हुनुहुन्छ र कन्या मरियमबाट जन्मनुभयो, उहाँ साँचो रूपमा पूर्ण परमेश्वर हुनुहुन्छ र साँचो मानिस हुनुहुन्छ, उहाँले सिद्ध र पापरहितको जीवन जिउनुभयो, उहाँले सिकाउनुभएका सबै शिक्षा ठीक छन्‍ (यशैया १४, मत्ती १:२३) भनेर हामी विश्वास गर्छौं । प्रतिस्थापन बलिको (यशैया ५३:५–६) रूपमा प्रभु येशू ख्रीष्टले आफैंलार्इ सारा मानव जातिको लागि क्रूसमा मर्नुभयो भनेर हामी विश्वास गर्छौं । उहाँलार्इ उद्धारकको (यूहन्ना १:१२, प्रेरित १६:३१) रूपमा स्वीकार्ने सबैको लागि उद्धार दिन उहाँको मृत्यु पर्याप्त छ, हाम्रो न्याय उहाँले बगाउनुभएको रगतले ढाकिएको छ (रोमी ५:९, एफिसी १:१७) र मृतकबाट शारीरिक (मत्ती २८:६, १ पत्रुस १:३) र शाब्दिक पुनरुत्थानबाट यो घोषणा गरिएको छ भनेर हामी विश्वास गर्छौं ।
प्रभु येशू ख्रीष्ट आफ्‍नो महिमित शरीरमा स्वर्गमा उठाइलगिनुभयो (प्रेरित १:९–१०) र अहिले हाम्रो प्रधान पूजाहारी र मध्यस्थकर्ताको (रोमी ८:२४, हिब्रू ७:२५) रूपमा परमेश्वरको दाहिनेतर्फ विराजमान हुनुहुन्छ ।

पवित्र आत्मा
हामी पवित्र आत्माको व्यक्तित्व र र्इश्वरत्वमा (प्रेरित ५:३–४) विश्वास गर्छौं । उहाँले पापीहरूलार्इ पुनर्जीवित (तीतस ३:५) पार्नुहुन्छ र विश्वासीहरूमा बास (रोमी ८:९) गर्नुहुन्छ । उहाँ एउटा माध्यम हुनुहुन्छ, जसबाट ख्रीष्टले आफ्‍नो शरीरमा सबै विश्वासीहरूलार्इ बप्तिस्मा दिनुहुन्छ (१ कोरिन्थी १२:१२–१४) । उहाँ मोहोर हुनुहुन्छ, जसबाट उद्धारको दिनसम्म पिताले विश्वासीहरूको उद्धार निश्चयता गर्नुहुन्छ (एफिसी १:१३–१४) । उहाँ र्इश्वरीय शिक्षक हुनुहुन्छ, जसले विश्वासीका हृदय र मनलार्इ उज्यालो बनाउनुहुन्छ, जब उनीहरूले परमेश्वरको वचन (१ कोरिन्थी २:९–१२) अध्ययन गर्छन्‍ । पवित्र आत्मा आत्मिक वरदानको वितरणमा अन्तिम रूपमा सर्वोच्च हुनुहुन्छ भनेर हामी विश्वास गर्छौं (१ कोरिन्थी १२:११) । हामी विश्वास गर्छौं कि पवित्र आत्माका वरदानहरू मण्डलीको सुरूको समयमा जस्तो कार्यरत छैनन् (१ कोरिन्थी १२:४–११, २ कोरिन्थी १२:१२, एफिसी २:२०, ४:७–१२) ।

स्वर्गदूतहरू र दुष्टात्माहरू
स्वर्गदूतहरूको व्यक्तित्व र वास्तविकतामा हामी विश्वास गर्छौं । परमेश्वरले स्वर्गदूतहरूलार्इ आफ्‍ना सेवकहरू हुन र सन्देशवाहकहरू बनाउन सृष्टि गर्नुभयो भनेर हामी विश्वास गर्छौं (नेहेम्याह ९:६, भजनसंग्रह १४८:२, हिब्रू १:१४) ।
शैतान र दुष्टात्माहरूको व्यक्तित्व र अस्तित्वमा हामी विश्वास गर्छौं । शैतान पतन भएको स्वर्गदूत हो, जसले परमेश्वरको विरुद्धमा विद्रोह गरेका स्वर्गदूतहरूको समूहलार्इ अगुवाइ गर्छ (यशैया १४:१२–१७, इजकिएल २८:१२–१५) । त्यो परमेश्वर र मानिसको मुख्य शत्रु हो र दुष्टात्माहरू दुष्टतामा त्यसका सेवकहरू हुन्‍ । त्यो र त्यसका दुष्टात्माहरूले अनन्तको लागि अग्नि–कुण्डमा दण्ड भोग्नेछन्‍ (मत्ती २५:४१, प्रकाश २०:१०) ।

मानवजाति
परमेश्वरको सिधै सृष्टिबाट मानवजाति अस्तित्वमा आयो र त्यो मानवजाति परमेश्वरको स्वरूप र प्रतिरूपमा अद्वितीय रूपमा बनाइएको थियो (उत्पत्ति १:२६–२७) । आदमको पतनको कारण सारा मानवजातिले पापमय स्वभाव पाएको छ, जसको कारणले सारा मानिसले पाप गर्न छनौट गर्छ (रोमी ३:२३) र ती सबै पाप परमेश्वरको विरुद्धमा (रोमी ६:२३) अत्याधिक भएको छ भनेर हामी विश्वास गर्छौं । मानवजातिले यो पतित भएको अवस्थाको समाधान गर्न पूर्णरूपमा असक्षम छ (एफिसी २:१–५, १२) ।

उद्धार
येशू ख्रीष्टले क्रूसमा सिद्धाउनुभएको काममा विश्वासद्वारा परमेश्वरको अनुग्रहको उपहार उद्धार हो भनेर हामी विश्वास गर्छौं (एफिसी २:८–९) । ख्रीष्टको मृत्युले पापबाट छुटकारा र विश्वासद्वारा पूर्णरूपमा क्षमा दिएको छ । ख्रीष्ट हाम्रो स्थानमा मर्नुभयो (रोमी ५:८–९) र उहाँले आफ्‍नो शरीरमा हाम्रो पाप बोक्नुभयो (१ पत्रुस २:२४) ।
उद्धार अनुग्रह, विश्वास र ख्रीष्टबाट मात्र पाइन्छ भनेर हामी विश्वास गर्छौं । असल कामहरू र आज्ञाकारीता उद्धारका परिणामहरू हुन्‍, उद्धारको लागि आवश्यकता होइन । ख्रीष्टको बलिदानको महान्‍ता, पर्याप्तता र सिद्धताको कारणले ख्रीष्टलार्इ उद्धारकको रूपमा साँचो प्रकारले ग्रहण गरेकाहरू अनन्तको लागि उद्धारमा सुरक्षित, परमेश्वरको शक्तिले कायम भएका, सदाको लागि ख्रीष्टमा मोहर लगाइएका र सुरक्षित छन्‍ (यूहन्ना ६:३७–४०, १०:२७–३०, रोमी ८:१, ३८–३९, एफिसी १:१३–१४, १ पुत्रस १:५, यहूदा २४) । जसरी उद्धार असल कामहरूद्वारा कमाउन सकिन्न, त्यसरी नै यसलार्इ कायम गर्न असल कामको नै आवश्यकता हुन्न । असल कामहरू र परिवर्तन भएका जीवनहरू उद्धारको आशा गरिएको परिणम हो (याकूब २) ।

मण्डली
ख्रीष्टको शरीर मण्डली आत्मिक जीव हो, जुन यो वर्तमान युगका सारा विश्वासीहरू मिलेर बनेको छ भनेर हामी विश्वास गर्छौं (१ कोरिन्थी १२:१२–१४, २ कोरिन्थी ११:२, एफिसी १:२२–२३, ५:२५–२७) । ख्रीष्टको गवाहीको रूपमा डुबाइद्वारा विश्वासीको पानीको बप्तिस्माको नियममा र उहाँसँगको परिचय र ख्रीष्टको मृत्यु र उहाँले बगाउनुभएको रगतको सम्झनाको रूपमा प्रभुभोजमा हामी विश्वास गर्छौं (मत्ती २८:१९–२०, प्रेरित २:४१–४२, १८:८, १ कोरिन्थी ११:२३–२६) । मण्डलीद्वारा विश्वासीहरूलार्इ प्रभुको आज्ञा पालन गर्न र उद्धारकको रूपमा ख्रीष्टमा सम्बन्धित तिनीहरूका विश्वासको बारेमा गवाही दिन र पवित्र जीवन जिएर उहाँलार्इ आदर गर्न सिकाइनुपर्छ । मण्डलीको प्राथमिक मिसनको रूपमा महान्‍ आज्ञामा हामी विश्वास गर्छौं । परमेश्वरको वचनको सत्यतामा वचन र जीवनद्वारा गवाही बन्नु सारा विश्वासीको जिम्मेवारी हो । परमेश्वरको अनुग्रहको सुसमाचार नै सारा संसारभरि प्रचार गर्नु हो (मत्ती २८:१९–२०, प्रेरित १:८, २ कोरिन्थी ५:१९–२०) ।

हुन आउने कुराहरू
आफ्‍ना सन्तहरूलार्इ उठार्इ लैजान प्रभु येशू ख्रीष्टको व्यक्तिगत र आउन लाग्नुभएको पुरागमनको (१ थेसलोनिकी ४:१३–१८) आशिषित आशामा हामी विश्वास गर्छौं (तीतस २:१३) । उहाँले प्रतिज्ञा गर्नुभएका आफ्‍ना सन्तहरूसँग हजार वर्षको राज्यको स्थापनाको लागि ख्रीष्ट शारीरिक र देखिने रूपमा फर्कनुहुन्छ भनेर हामी विश्वास गर्छौं (जकरिया १४:४–११, १ थेसलोनिकी १:१०, प्रकाश ३:१०, १९:११–१६, २०:१–६) । सारा मानिसको शारीरिक पुनरुत्थानमा हामी विश्वास गर्छौं— सन्तहरू नयाँ पृथ्वीमा सदाको लागि आनन्द र खुसीमा र दुष्टहरू अनन्त दण्डको लागि अग्नि–कुण्डमा (मत्ती २५:४६, यूहन्ना ५:२८–२९, प्रकाश २०:५–६, १२–१३) ।


मृत्युमा विश्वासीहरूका आत्माहरू शरीरबाट अनुपस्थित र प्रभुसँग उपस्थित हुन्छन्‍ भनेर हामी विश्वास गर्छौं, जहाँ तिनीहरू आफ्‍नो पुनरुत्थानको लागि पर्खन्छन्‍, जब प्रभुसँग सदाको लागि महिमित हुन आत्मा, शरीर र प्राण एक हुन्छ (लूका २३:४३, २ कोरिन्थी ५:८, फिलिप्पी १:२३, ३:२१, १ थेसलोनिकी ४:१६–१७) । हामी विश्वास गर्छौं कि अविश्वासीहरूको आत्मा मृत्युपछि अचेत अवस्थामा तिनीहरूको पुनरूत्थान भएर शरीर र आत्मा एक नभएसम्म रहन्छ र त्यसपछि तिनीहरू सेतो सिंहासनको न्याय आसनअघि खडा हुन्छन् र अनन्त दण्डको लागि आगोको कुण्डमा सधैंको लागि फालिनेछन् (मत्ती २५:४१–४६, मर्कूस ९:४३–४८, लूका १६:१९–२६, २ थेसलोनिकी १:७–९, प्रका
श २०:११–१५)

 
हाम्रो बारेमा

Christian Translation विशेषगरी विभिन्न भाषाहरूमा अनुवाद गर्ने ख्रीष्टियान कम्पनी हो ।

ख्रीष्टियान अनुवाद भनेको संसारभरि रहेका हाम्रा प्रियहरूलाई सीमाहीन सुसमाचार प्रचार गर्न सहायता पुर्‍याउन र परमेश्वरले हामीलाई विभिन्न भाषाहरूमा उहाँको वरदान प्रयोग गर्दै आत्मा बचाउनलाई समर्पित अन्तर्राष्ट्रिय मिसन हो ।

त्यसकारण विभिन्न राष्ट्रहरूमा भएका विभिन्न प्रकारका सेवाहरूबाट येशू ख्रीष्टको सुसमाचार पुर्‍याउन हामीले आफ्ना प्रतिभाहरू प्रयोग गरिरहेका छौं ।.

ख्रीष्टियान मिसनहरूलाई आफ्ना "लेख, किताब, शिक्षाका सामाग्री, बाइबल अध्ययन, वचनहरू" र अन्य धेरै कुराहरूका लागि अनुवाद सेवाको आवश्यकता छ ।

हाम्रो मिसन भनेको हाम्रा दाजुभाइ र दिदीबहिनीहरूलाई हाम्रा अनुवादका सेवाहरूसँगै सुसमाचार फैलाउन सहायता गर्नु हो ।

हामी परम्परागत कम्पनी होइनौं, हाम्रा धेरैजसो काम इन्टरनेटबाट सञ्चालन हुन्छन् ।

त्यसकारण हामीसँग संसारका सबैजसो भाषाका अनुवादकहरू, पेशागत र प्रमाणित अनुवादकहरू पनि सम्पर्कमा छन् ।

तपाईंले यहाँ खोज्नुभएको भाषा पाउन सक्नुभएन भने हामीलाई सम्पर्क गर्नुहोस् र हामी तपाईंको लागि त्यो भाषाको अनुवादकलाई खोज्नेछौं ।


दर
धेरै ख्रीष्टियान सेवाहरूले आफ्नो खर्च भेटी र चन्दाहरूबाट पूरा गर्दछन् भनेर हामीलाई थाहा छ । त्यसकारण हामी सधैं धेरै सस्तो दर राख्ने कोसिस गर्नेछौं ।

जब तपाईंले हामीलाई कुनै प्रोजेक्टको बारेमा कुरा गर्न सम्पर्क गर्नुहुन्छ, तपाईंलाई अझ राम्ररी सहायता गर्नको लागि तपाईंले तल दिइएका जानकारीहरू पनि उपलब्ध गराइदिनुहुन हामी विशेष आग्रह गर्दर्छौं—

१. शब्दहरूको सङ्ख्या वा पानाहरूको सङ्ख्या

२. कागजातको वास्तविक आकार

३. दिनुपर्ने आकार

४. विषय

५. समय-सीमा

६. उपलब्ध बजेट

७. भाषाको स्रोत

८. लक्षित भाषा

९. कुनै विशेष जानकारी

१०. व्यक्तिको नाम

११. सम्पर्क नम्बरहरू

१२. नाफा वा नाफारहित संस्था



तपाईंको आग्रहको प्रतिक्रिया हामी २४ घण्टाभित्र सोमवारदेखि शुक्रवारसम्म दिनेछौं । हाम्रो प्रतिक्रियामा हामीले दिन सक्ने उपयुक्त दर र अनुवादको लागि अनुमानित शुल्क तपाईंलाई उपलब्ध गराउनेछौ
ं ।

अनुवादकहरू

हाम्रा अनुवादकहरू सबै सो मातृभाषा भएकाहरू हुन्, जसको अर्थ हाम्रो अनुवाद स्थानीय अनुवादकहरूद्वारा भएको हुन्छ ।

त्यसकारण हामी तपाईंलाई अनुवादको गुणस्तरको निश्चयता दिलाउँछौं ।

ख्रीष्टियान अनुवादले बाइबलीय ज्ञान भएको, थियोलोजिकल क्षमता भएको, मण्डलीको पृष्ठभूमि भएको र प्रभु येशू ख्रीष्टसँग व्यक्तिगत सम्बन्ध भएको अनुवादकलाई उपलब्ध गराएर तपाईंको अनुवादलाई वास्तविक रूपमा कायम राख्न तपाईंलाई निश्चयता दिलाउँछ ।

हाम्रा अनुवादकहरूले पच्चीसभन्दा बढी देशहरूमा विभिन्न तरिकाले प्रभु येशूको सेवा गरिरहेका छन् र तिनीहरूमध्ये एक उहाँ हुनुहुन्छ ।.

हामीलाई सम्पर्क गर्नुहोस्
हाम्रा सबै पत्रहरू अङ्ग्रेजी भाषामा आदानप्रदान हुन्छन् । हामीलाई info@Christian-translation.com मा इमेल गर्नुहोस् वा ८०९-९२४-०१३१ मा फोन गर्नुहोस् ।